Logo

५.३ म्याग्नीच्यूडको भूकम्पको धक्का



Spread the love

४ चैत, एजेन्सी । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको भूगर्भ विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो ।

भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्