Logo

म पार्टी अध्यक्ष भएको भए बेडरूममा गएर कमरेड किन रिसाउनु भो भनेर गाला मुसार्ने थिएँ: माधव नेपाल



Spread the love

७ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीको अध्यक्ष भएको रिसाएको नेता फकाउन हरदम प्रयत्न गर्ने बताएका छन् ।

शनिबार युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले पार्टीका अध्यक्ष अभिभावकजस्तै हुने बताउँदै आफू अध्यक्ष भएको भए केपी ओलीलाई बेडरूममै गएर फकाउने बताएका हुन् ।

‘तपाईं फोन गर्नूस् भन्नुभयो। म फोन गर्दिनँ भनें। म अध्यक्ष भएको भए फोन मात्र किन घरमै जाने थिएँ,’उनले भने,’म ढोका खोलेर बेडरूममा पसेर कमरेड किन रिसाउनू भो भनेर यसो गाला मुसार्ने थिएँ। फकाउन म जान्दछु नि। उहाँको काम होइन अध्यक्ष भइसकेपछि ? अध्यक्ष भनेको ‘गार्डियन’ पनि हो।’

प्रतिक्रिया दिनुहोस्