Logo

राजधानीमा होली खेल्न प्रतिबन्ध



Spread the love

११ चैत, एजेन्सी । भारतको राजधानी दिल्लीमा होली मनाउन तथा कुनै पनि कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरस पुनः तीव्र दरमा बढेसँगै दिल्लीमा प्रतिबन्ध लगाइएको हो ।

कोरोना भाइरसको त्रास पुनः फैलिएसँगै दिल्लीमा जाने हर कोहीने पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ भएको रिपोर्ट पनि अनिवार्य गरिएको छ ।

दिल्ली प्रशासनले दिएको यो निर्देशन एयरपोर्ट, रेलवे स्टेशन, अन्तरप्रदेश बस सेवा लगायतका लागि मान्य हुनेछ ।

भारतमा मंगलबार ११०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या गत डिसेम्बर २४ तारिखदेखिको सबैभन्दा धेरै हो ।

कोरोनाको त्रास बढेसँगै दिल्लीमा मास्क लगाउन तथा सामाजिक दूरीको नियम पालना गर्न पनि थप कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्