Logo

अश्लिल भिडियो भाइरल बनाउने युवक पक्राउ, यस्तो छ घटना !



Spread the love

१४ चैत, एजेन्सी । इन्टरनेटमा भाइरल अश्लिल भिडियोमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको गोन्डा जिल्लामा भिडियोमा भएकी युवती र उनकी आमाले आत्महत्या गरेपछि २५ वर्षीय सत्यमलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

२२ वर्षीया छोरीको अश्लिल भिडियो इन्टरनेटमा भाइरल भएपछि उनकी ४० वर्षीया आमा र २२ वर्षीया छोरीले बिहीबार आत्महत्या गरेका थिए । उनीहरू दलित समुदायको भएको प्रहरीले उल्लेख गरेको छ ।

सत्यमले सोमबार २२ वर्षीया युवतीको भिडियो इन्टरनेटमा अपलोड गरेपछि भाइरल भएको थियो । सोही भिडियोका कारण बदनाम हुने डरले आमाछोरीले आत्महत्या गरेको प्रहरीले उल्लेख गरेको छ ।

मृतक युवती विवाहित हुन् । सत्यमले उनका श्रीमानलाई पनि उक्त भिडियो पठाएका थिए । गत डिसेम्बरमा उनले विवाह गरेकी थिइन् । तर, उनका पूर्वप्रेमी सत्यमले प्रेम सम्बन्धको समयमा रहँदा खिचेका भिडियोले ब्ल्याकमेल गरिरहेका थिए ।

सत्यमविरूद्ध प्रहरीले आत्महत्या दुरूत्साहनको मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्