Logo

प्रदर्शनकारीलाई टाउकोमा गोली हान्न निर्देशन, एकै दिन ९० जनाको मृत्यु



Spread the love

१४ चैत, एजेन्सी । म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिवद्धता गरेका छन् ।

म्यानमारमा सेनाले गएको फेब्रुअरी १ मा निर्वाचित प्रतिनिधिहरूलाई सैनिक नियन्त्रणमा लिई म्यानमारको शासनशक्ति हातमा लिएको थियो । त्यसयता म्यानमारमा सैनिक कू को विरोधमा प्रदर्शन हुँदै आएको छ । यो अवधिमा दर्जनौँ प्रदर्शनकारीको सुरक्षा कारबाहीमा मृत्यु भएको छ ।

सैनिक दिवसको अवसर पारेर शनिबार राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गर्दै सैनिक जनरल मिनले म्यानमारमा छिट्टै धाँधलीरहित निर्वाचन हुने र निर्वाचित सरकारलाई सरकारको नेतृत्व अस्तान्तरण गर्न आफू इच्छुक रहेको उनले बताएका छन् । उक्त अवसरमा सैनिक नेताले निर्वाचन कहिले गर्ने बताएका छैनन् ।

प्रदर्शनको दबाबमा आएको सेनाले प्रजातन्त्र पुनस्थापित गर्ने वाचा गरे पनि दमन भने जारी राखेको म्यानमारको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडीका) नेताहरूले बताएका छन् । राष्ट्रिय टेलिभिजनमा प्रशारित सामग्रीमा सैनिक नेता मिनले शुक्रबार प्रदर्शनकारीलाई चेतावनी दिँदै टाउको र ढाडमा गोली हान्न सकिने बताएका थिए ।

सैनिक कू को विरोधमा हुँदै आएको प्रदर्शनको क्रममा अहिलेसम्म कम्तीमा ३२० जनाको ज्यान गएको छ । टेलिभिजन सम्बोधनमा सेना प्रमुख मिनले प्रजातन्त्र पुनःस्थापनाका लागि सम्पूर्ण देशबासीसँग हात मिलाउन चाहेको बताए ।

माग पूरा गर्नका लागि गरिने स्थायित्व र सुरक्षामा जोखिम ल्याउने खालका गतिविधि स्वीकार्य नभएको भन्दै उनले अनावश्यक हिंसात्मक गतिविधिलाई रोक्न निर्देशन दिएका थिए ।

त्यस्तै, शनिबार म्यानमारमा सेनाको गोली लागेर अहिलेसम्म कै धेरै ९० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्