Logo

नेपालकी महिला रेस्लर सपनासँग हारे भारतका पुरूष रेस्लर



Spread the love

४ बैशाख, काठमाडाैँ । नेपालकी महिला रेस्लरले भारतीय पुरूष रेस्लरलाई पराजित गरेकी थिइन् । नेपाली सपना सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई शनिबार पराजित गरेकी थिइन् ।

रेस्लर सपनाले नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा बुललाई सिंगल म्याचमा पराजित गरेकी हुन् ।

सपनासँगै शनिबार सिर्जना कोजु, स्नेहा थापा, आकृति पुन, नेपाली ब्रो, गीता जिरेल र जमुना तामाङ सम्मिलित रोयल रम्बल म्याचमा सिर्जना कोजुले जित हात पारे ।

त्यस्तै, गीता जिरेल र स्नेहा थापाबीचको सिंगल म्याचमा गीता विजयी हुँदा नेपालका नेपाली ब्रो तथा भारतका सुशान्त शर्मा र भारतकै देव द बुलबीचको पुरुष त्रिपल थ्रेटमा नेपाली ब्रोले जित हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्