Logo

अपाङ्ग महिलामाथि बलात्कार गर्नेलाई ८ वर्ष जेल सजाय



Spread the love

२३ बैशाख, संखुवासभा । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत सङ्खुवासभाले एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । सङ्खुवासभाको जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईले जानकारी दिए ।

अदालतले कैद सजायसँगै रु दुई लाख जरिवाना र २५ हजार क्षतिपूर्ति भराउन आदेश र एक हजार ३०० पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार प्रसाईँले बताए । पीडित महिलालाई बलात्कार गरेको आरोपमा गत माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्