Logo

कारागारमा रहेका १४ नेपालीले पाउने भए आममाफी



Spread the love

२३ बैशाख, काठमाडाैँ । रमदान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीरुरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

आममाफी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन । कतार सरकारले विभिन्न अवसर पारेर त्यहाँस्थित कारागारमा रहेका नेपालीलाई आममाफी दिँदै आएको छ । दोहास्थित नेपाली दूतावासले नेपाली कैदीबन्दीको रिहाइका लागि कतार सरकारसमक्ष अनुरोध गरेको थियो । आममाफी पाएका नेपालीको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गरिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्