Logo

दोलखा भीमसेनको मूर्तिमा पसिना आयो, देशमा अशुभ हुने विश्वास



Spread the love

२५ बैशाख, काठमाडाैँ । दोलखाको भीमेश्वर मन्दिरका भीमसेन देवतालाई पसिना आएको छ । यो सहित भीमसेनको मूर्तीमा १९ औं पटक पसिना आएको हो ।

उक्त मन्दिरमा भीमसेनको मूर्तिमा पसिना आउँदा देशमा अनिष्ट वा अशुभ हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

भीमसेनको मूर्तिमा शनिबार दिउँसो १२ बजेबाट पसिना आउन सुरू भएको हो । भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आइरहेको बताइएको छ ।

यसअघि २०७७ मंसिर ९ गते १८ औं पटक र २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो। २०७७ मंसिर पछि पाँच महिना नपुग्दै एकै वर्षमा दुई पटक पसिना आएकोले देशमा अनिष्ट हुने गुठियारहरुले अनुमान लगाएका छन् । गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्