Logo

हावाबाट पनि कोरोना सर्ने, यसरी कम गर्न सकिन्छ जोखिम



Spread the love

२६ बैशाख, एजेन्सी । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले हावाबाट पनि कोरोना सर्ने बताएको छ । शुक्रबार सिडिसिको वेभसाइटमा उपडेट गर्दै कोरोना भाइरस हावाबाट पनि सर्ने बताएको हो ।

सिडिसिको पछिल्लो अपडेट अनुसार कोरोना संक्रमितले सास फेर्दा र खोक्दा निस्किने सानासाना कणहरू हावामा मिसिँदा त्यहीँबाट कोरोना फैलिन सक्ने बताएको छ ।

तर, सिडिसीले पनि कोरोना भाइरस संक्रमित व्यक्तिबाट ६ फिट अर्थात् २ मिटर भन्दा कम दुरी कायम गरेर बस्ने व्यक्तिमा कोरोना सर्ने सम्भावना धेरै रहेको उल्लेख गरेको छ ।

सिडिसीले हावाबाट सर्न कोरोना संक्रमणको जोखिम कम गर्न २ मिटर दुरी कायम गर्न र मास्क सँधै प्रयोग गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्