Logo

देशभर कति थपिए कोरोना संक्रमित, थप ८८ जनाको मृत्यु, कतिले जीते कोरोना ?



Spread the love

२६ बैशाख, काठमाडाैँ । देशभर थप ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा देशभर थप ८८ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ । यो संख्यामा मृत्यु भएर रिपोर्ट पनि तथ्यांकमा नपरेका संख्याहरू सहित जोडिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ४०२२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म देशभर कोरोना संक्रमण हुनेको संख्या ३ लाख ९४ हजार ७४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्