Logo

ओलीको पक्षमा विश्वासको मत दिन ह्विप जारी, के गर्लान् असन्तुष्ट पक्षले ?



Spread the love

२६ बैशाख, काठमाडाैँ । नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीेलाई विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । संसदीय दलको बैठकपछि मुख्य सचेतक भट्टराईले सोमबार अपराह्न १ बजे प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति भई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै सांसदलाई ह्विप जारी गरेका हुन् ।

संसदीय दलका नेताको निर्देशनानुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ र एमाले संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम सो ह्विप जारी गरिएको हो । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्