Logo

अमेरिकन आइडलको टप ७ बाटै बाहिरिए दिवश पोखरेल



Spread the love

२७ बैशाख, काठमाडाैँ । नेपाली मूलका दिवेश पोखरेल उर्फ अर्थर गन अमेरिकन आइडलको टप ७ बाटै बाहिरिएका छन् । भोटिङको आधारमा सार्वजनिक भएको नतिजामा टप७ भन्दा माथि जान नसकेका हुन् ।

उनी गत वर्षको अमेरिकन आइडलका उपविजेता हुन् ।

यसपाली अमेरिकन आइडलमा गत वर्षका १० जना प्रतियोगिलाई पुनः प्रवेश गर्न दिइएको थियो । सोही अनुसार प्रतियोगितामा आएका दिवशको यात्रा यसपटक चाँडै सकिएको हो ।

हिजो मदर्स डे को विशेष प्रस्तुतिमा उनले अन्तिम पटक उनले गीत गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्