Logo

विश्वासको मत पाउन नसकेपछि ओली पदमुक्त, जम्मा कति पाए मत ?



Spread the love

२७ बैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । आज पर्याप्त विश्वासको मत पाउन नसकेपछि ओली पदमुक्त भएका हुन् ।

आज भएको मतदानमा ओलीको पक्षमा जम्मा ९३ मत परेको थियो । त्यस्तै, उनको विपक्षमा भने १२४ मत पर्दा १५ जना सांसदले मत नदिइ तटस्थ बसेका थिए ।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद भएता पनिमाधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित हुँदा ओलीले मत पाउन असफल भएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्