Logo

गंगा नदीमा भेटिए कुकुरहरूले खाँदै गरेका दर्जनाैँ शव



Spread the love

२८ बैशाख, एजेन्सी । भारतको बिहार स्थित गंगा नदीमा ४० वटा शव भेटिएका छन् । नदीमा शवहरु तैरिरहेको अवस्थामा फेला परेपछी सनसनी मच्चिएको छ ।

बिहारको चौसा प्रखडं स्थित चौसा शमशान गंगा नदीमा तैरिरहेको शवलाई जनावरहरुले लुछिरहेको दृश्य सार्वजनिक भएको हो ।

स्थानीय प्रशासनले शवका बारेमा आफुहरु बेखबर रहेको जनाउँदै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

चौसा प्रखडं बिकास पदाधिकारी अशोक कुमारले सो शव भारतको उतराखण्डबाट बगेर आएको हुन सक्ने आशंका ब्यक्त गरेका छन् । यद्दपी सो क्षेत्रका स्थानीय बासिन्दा भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव गंगा नदीमा फालेको भन्दै बिरोध जनाएका छन् । शवको प्रकृती हेर्दा आधा जलेको अवस्थामा रहेको भन्दै उनीहरुले तैरिरहेको शव ब्यबस्थापन गर्न माग गर्दै गंगा नदीको पवित्रतामा पनि चिन्ता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्