Logo

सर्वोच्चले प्रधानमन्त्री ओलीसँग माग्यो लिखित जवाफ



Spread the love

४ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको सपथ रोक्न नपर्ने आदेश गरेको छ । मंगलबारको सुनुवाइपछि सर्वोच्चले ओलीले शुक्रबार राष्ट्रपतिबाट लिएको शपथ अन्तरिम आदेशद्वारा रोक्न नपर्ने आदेश गरेको हो ।

गत शुक्रबार ओलीले लिएको पद तथा गोपनियताको सपथ काननी ढाँचामा नभएको भन्दै छुट्टाछुट्टै ४ वटा रिट परेका थिए ।

तर, सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सपथको विषयमा लिखित जवाफ भने मागेको छ । सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

सर्वोच्चले उक्त विषयमा १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्