Logo

देशभर कोरोना संक्रमित घटे, मृत्यु हुनेको संख्यामा केही कमी, कतिले जिते कोरोना ?



Spread the love

४ जेठ, काठमाडाैँ । देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा देशभर थप १९६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ६८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म देशभर कोरोना संक्रमण हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्