Logo

बादललाई माधव नेपालले भने, ‘उपनिर्वाचनमा पूर्ण रूपमा सहयोग गर्छु’



Spread the love

४ जेठ, काठमाडाैँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिएका छन् ।

कोटेश्वरस्थित आफ्नो निवास पुगेका गृहमन्त्री थापासँगको भेटमा उनले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन(वाग्मती प्रदेश) हुँदै छ । गृहमन्त्री थापा नेकपा (एमाले) का तर्फका उम्मेदवार हुन् । विपक्षी गठबन्धनबाट उक्त उपनिर्वाचनमा डा खिमलाल देवकोटा उम्मेदवार छन् ।

भेटवार्ताका क्रममा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा समेत उनीहरुबीच छलफल भएको थियो । गृहमन्त्री थापा नेकपा (एमाले)मा गएपछि नेकपा (माओवादी केन्द्र) का सिफारिशमा उनि पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्