Logo

मास्क नलगाउनेलाई जरिबाना नगर्न र होल्ड पनि नगर्न सर्वोच्चको आदेश



Spread the love

४ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतले मास्क नलगाउनेलाई जरिबाना नगर्न र होल्ड पनि नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले जरिवाना गर्ने र होल्ड गर्ने काम संविधान तथा सङ्क्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्थाको प्रतिकूल भएको सर्वोच्चको ठहर छ ।

सङ्क्रामक रोग ऐनको दफा ४ मा ऐन अन्तर्गत भए गरेको कसुरमा कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने व्यवस्था रहेको छ ।

अधिवक्ता सागर पौडेल लगायतले कतिपय विपन्न नागरिकले सहज पहुँचको अभावमा मास्क नलगाइ हिँड्ने गरेकाले उनीहरूलाई जरिबाना र यातना दिन नहुने मागसहित निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्