Logo

सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको अस्पतालमा मृत्यु



Spread the love

५ जेठ, नवलपरासी । नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवाको मृत्यु भएको छ । बुधबार बिहान पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ बन्कट्टी घोला स्थित सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउँदा एकजनालाइ गोली लागेको थियो ।

गोली लागेर घाइते भएका २३ वर्षीय अविनाश राजभरलाई उपचारका लागि चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्‍याएको थियो । सोही अस्पतालमा उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिएका छन् ।

बनकट्टीको उक्त घोलाको अवैध नाकाबाट आज बिहान भारततर्फ सामान लिएर जाँदा सशस्त्र प्रहरीले रोकेपछि गाउँका अरू युवाहरू पनि आएर ड्युटीमा खटिएकाहरुमाथि आक्रमण गर्न थालेका थिए । सोही क्रममा प्रहरीले फायरिङ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्