Logo

पूर्व आइजिपी बरालको मृत्यु



Spread the love

५ जेठ, काठमाडाैँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको आज ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । विसं २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौँ प्रहरी महानिरीक्षक भएका उनि राजदूत पनि भएका थिए ।

बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्वपूर्ण योगदान गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । प्रहरीको राशन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कूल बनाउनमा उनको महत्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरु स्मरण गर्छन् ।

नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पुर्याएका उनि सङ्गठनको युगपुरुषका रुपमा स्थापित भएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । पूर्वसांसद बरालको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्