Logo

बुधबार कोरोना संक्रमितमा केही कमी, मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो, कतिले जिते कोरोना ?



Spread the love

४ जेठ, काठमाडाैँ । देशभर थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा देशभर थप २४६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ७९८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म देशभर कोरोना संक्रमण हुनेको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको हो । त्यस्तै, अहिलेसम्म कै सबैभन्दा धेरैले कोरोना जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्