Logo

लमजुङमा फेरी गयो भूकम्प



Spread the love

६ जेठ, लमजुङ । लमजुङमा फेरी भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार राति १०ः३९ मिनेटमा लमजुङको दोर्दी गाउँपालिकास्थित हिलेटक्सार आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले उल्लेख गरेको छ ।

बुधबार बिहान ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएपछि पटकपटक साना ठूला गरी ५९ वटा परकम्प गएको केन्द्रले जनाएको छ । ती ५९ वटा पराकम्पमध्ये चार म्याग्निच्यूडभन्दा माथिका पाँच वटा र अरु सोभन्दा कमका रहेका छन् ।

बुधबार गएको भूकम्पले २०० भन्दा बढी घर भत्केका छन् भने ६ जना धाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्