Logo

प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठलाई कारबाहीको माग गर्दै उजुरी दर्ता



Spread the love

६ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै उजुरी दिएको छ ।

बिहीबार काँग्रेसले प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको हो ।

आचारसंहिता विपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई नै विजय गराउन मतदातालाई अपिल गरेर चुनावमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित चुनावको आधारभूत सिद्धान्त विपरीत भएको उजुरीमा भनिएको छ ।

निर्वाचन आयोगले माैन अवधि जारी गरिसकेपछि ओली र शिक्षामन्त्री श्रेष्ठले राम बहादुर थापा बादलको पक्षमा भोट हाल्न अपील गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्