Logo

२४ घण्टामा कति थपिए कोरोना संक्रमित, थप १९० जनाको मृत्यु, कतिले जिते कोरोना ?



Spread the love

६ जेठ, काठमाडाैँ । देशभर थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा देशभर थप १९० जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ६५४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म देशभर कोरोना संक्रमण हुनेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्