Logo

बादललाई एकैदिन दुई ठूला झट्का



Spread the love

६ जेठ, काठमाडाैँ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा डा खिमलाल देवकोटा विजयी भएका छन् । आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका छन् ।

त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, सर्वोच्च अदालतले गत हप्ता मन्त्रीमा नियुक्त भएका ७ जना मन्त्रीहरू आजबाट पदमुक्त भएका छन् । सर्वोच्च अदालतले गैरसांसदहरूलाई मन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएको भन्दै उनीहरूबाट काम नगराउन अन्तरिम आदेश दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्