१८ जेठ, काठमाडाैँ । विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ । मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उनको निधन भएको मेडिसिडी अस्पतालले विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।
गत २ हप्तादेखि कोरोना संक्रमण भएपछि उनको मेडिसिटि अस्पतालमा उपचार भइरहेको थियो ।
अस्पतालले जारी गरेको विज्ञप्तीमा सोमबार थापाको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएता पनि शरीरका अंगहरूले राम्रोसँग काम नगरेको उल्लेख गरिएको छ ।
थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्