Logo

आज माओवादी सरकारमा जाँदै, कसले गर्दैछ सरकारको नेतृत्व ?



Spread the love

माओवादी बाट सरकारको नेतृत्व कसको गर्ला र को–को मन्त्री बन्लान्, माओवादी कार्यकर्ता एवम् शुभचिन्तकमा चासोको विषय बनेको छ ।

औपचारिक रूपमा निर्णय नभएपनि माओवादीबाट सरकारको नेतृत्व वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले गर्नेछन् । उनले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

आज साँझसम्म नै माओवादी केन्द्रका तर्फबाट बादलसहित अर्का एक नेतालाई मन्त्रिपरिषदमा सहभागी गराउने एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको योजना छ ।

माओवादी केन्द्रबाट मन्त्रीहरूका रूपमा वर्षमान पुन, मात्रिका यादव, टोपबहादुर रायमाझी, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, जनार्दन शर्मा लगायतको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्