Logo

खनाल-नेपाल समूहले जोगाइदियो मुख्यमन्त्री त्रिलोचन भट्टको पद



Spread the love

२५ जेठ, काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मंगलबार भएको मतदानमा मुख्यमन्त्री भट्टको पक्षमा बहुमत पुगेको हो ।

एमालेका सांसदहरूका कारण मुख्यमन्त्री भट्टको पद जोगिएको छ । भट्टलाई एमालेको खनाल-नेपाल पक्षका सांसदहरूले पनि विश्वासको मत दिएका थिए ।

प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत परेको छ । त्यस्तै, १२ जना सांसद भने मतदान प्रक्रियामा अनुपस्थित रहेका थिए ।

एमालेले मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो तर एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठकले भने मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका १३ सांसद छन् । त्यस्तै, एमालेका २५ जना सांसदमध्ये ७ जना मात्रै अध्यक्ष ओली पक्षधर रहेका छन् । त्यस्तै, सुदूरपश्चिममा काँग्रेसका १२ र जसपाका दुई सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्