Logo

छिटो भन्दा छिटो स्थानिय निकायको पुनर्संरचना गरी निर्बाचन गर : केसी



Spread the love

hari kc

नेकपा एमाले सल्यानका अध्यक्ष हरि केसीले छिटो भन्दा छिटो स्थानीय निकायको पुनर्संरचना गरी निर्वाचन गराउन सरकार सँग माग गरेका छन् ।

नेकपा एमाले छायाँक्षेत्र गाउँ कमिटीको भेलालाई आज सल्यानको लान्तीमा सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनिले वर्तमान सरकारले राष्ट्रिय स्वाधीनता र संविधानको रक्षा गर्ने सन्दर्भमा कुनै चासो नदिएको बताउदै राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाको लागी नेकपा एमाले जुन सुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् ।

“अहिले देशमा संसद बाट निर्बा्चित कार्यकारी प्रमुखको आवश्यकता छ” उनले भने ।  “यो नेकपा एमालेको एजेण्डा हो ।” नेकपा एमाले छायाँक्षेत्र गाउँ कमिटीका अध्यक्ष हेरम लाल बोहराको अध्यक्षता एवम् जिल्ला कमिटी अध्यक्ष हरि केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख आतिथीको आशन बाट बोल्दै केसीले अब देश राष्ट्रिय संकटमा जान सक्ने सम्भावना रहेको बताउदैँ तयारी अवस्थामा रहन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिए ।

कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कुन्ता बस्नेत, नेकपा एमाले जिल्ला कमिटी सदस्य शारदा परियार लगाएतले बोलेका थिए । कार्यक्रममा स्वतन्त्र बाट शुरेस बहादुर डाँगी लगाएतका एक दर्जन बढीले नेकपा एमालेमा प्रवेश गरेका छन् । गाउँ कमिटी सदस्य चोप बहादुर बिक को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कमिटी सचिव अमर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्