Logo

ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण



Spread the love

२९ जेठ, सुर्खेत । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । राहतको सामग्री वितरण गर्न गइरहेको समयमा शाहीको समूहमाथि सुर्खेतमा शुक्रबार साँझ आक्रमण भएको हो ।

आक्रमणमा परी ज्ञानेन्द्र शाहीको समूहका केही व्यक्तिहरू घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि कर्णाली प्रदेश उस्पताल लगिएको थियो ।

त्यसैगरी, उक्त आक्रमणमा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ज्ञानेन्द्र शाहीले भने केही पार्टीका कार्यकर्ताहरूले नियोजित रूपमा आक्रमण गरेको आरोप लगाएका छन् भने प्रहरीले यस बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

ज्ञानेन्द्र शाही सुर्खेतमा बसिरहेका राउटे समुदायको लागि राहत लिएर जाँदै गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्