Logo

उपत्यकामा सिडिओहरूको बैठक बस्दै, निषेधाज्ञाबारे के होला निर्णय ?



Spread the love

३० जेठ, काठमाडाैँ । काठमाडाैँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ । काठमाडाैँ उपत्यका जारी निषेधाज्ञाको बारेमा निर्णय गर्न आज साँझ काठमाडाैँ, भक्तपुर र ललितपुरका सिडिओहरूको बैठक बस्न लागेको हो ।

काठमाडाैँ उपत्यकामा पछिल्लो डेढ महिनादेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको दोश्रो लहर बढ्दै जाँदा बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।

अहिले कोरोना भाइरसको संक्रमण दरमा केही कमी देखिएका कारण निषेधाज्ञाको मोडालिटिमा परिवर्तन गर्ने विषयले पनि चर्चा पाइरहेको छ । तर, स्वास्थ्यविद्हरूले भने अहिले नै निषेधाज्ञा खोल्न हतार गर्न नहुने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्