Logo

भोलीदेखि काठमाडाैँ लगायत विभिन्न जिल्लाका पेट्रोल पम्पहरू बन्द हुने



Spread the love

१ असार, काठमाडाैँ । भोलीदेखि पेट्रोल पम्पहरू बन्द हुने भएका छन् । पम्पमा कार्यरत मजदुरलाई कोरोना विरुद्धको खोपको व्यवस्था नगरिएको भन्दै उपत्यकासहितका पेट्रोल पम्पहरू बन्द गर्न लागिएको हो ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका कार्यकारी कार्यालय सचिव नारद भण्डारीका अनुसार फ्रन्टलाइनमा काम गर्ने पम्पका मजदुरलाई खोप नदिएका कारण बुधवारदेखि वाग्मतीका पम्प बन्द हुने भएका हुन् ।

उनले बागमती प्रदेशमा धादिङ बाहेक काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप लगायतका सबै पम्प बन्द हुने बताए ।

त्यस्तै, ट्यांकर चालकका लागि खोपको व्यवस्था नभएसम्म ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी पनि बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्