Logo

कोरोना भाइरस विरूद्धको भ्याक्सिन कै कारण एक जनाको मृत्यु भएको पुष्टि



Spread the love

१ असार, एजेन्सी । कोरोना भाइरसको भ्याक्सिनका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ । भारतमा गरिएको एक अनुसन्धानमा कोरोना भाइरसको भ्याक्सिन लगाएका एक जना व्यक्तिको भ्याक्सिनकै कारण मृत्यु भएको पुष्टि भएको हो ।

भारतको इन्डिया टुडेमा प्रकाशित समाचारका अनुसार सरकारी पक्षबाट गरिएको अनुसन्धानबाट नै यो तथ्य पत्ता लागेको हो । इन्डिया टुडेमा उल्लेख भए अनुसार भारतका ६७ वर्षीय पुरूषको एनाफिलेक्सिसका कारण मृत्यु भएको हो । यो कडा प्रकारको एलर्जिक रियाक्स्न भएको उल्लेख गरिएको छ ।

इन्डिया टिभी टुडेले सरकारी पक्षले गरेको अध्ययनको प्रतिवेदन पनि सुरक्षित राखेको उल्लेख गरेको छ ।

भारतका इम्युनाइजेशन कमिटिले कोरोना भाइरस विरूद्धको खोप लगाएपछि मृत्यु भएका ३१ जनाहरूको विस्तृत अध्ययन गरेको थियो । ती ३१ जनामध्ये एक जनाको मृत्यु भ्याक्सिनकै कारण भएको प्रतिवेदन सार्वजनिक भएको हो ।

मृत्यु भएका पुरूषले गत मार्च ८ तारिकमा कोरोना भाइरस विरूद्धको खोप लगाएका थिए । त्यसैगरी, अरू तीन जना व्यक्तिहरूको मृत्यु पनि कोरोना भाइरसको भ्याक्सिनसँग सम्बन्धि भएको जस्तो देखिएको टिभी टुडेमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्