Logo

डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या



Spread the love

१२ असार, सर्लाही । सर्लाहीमा एक जना वडाध्यक्षको विभत्स हत्या गरिएको छ । शुक्रबार साँझ को ईश्वरपुर ३ भक्तिपुरका वडाध्यक्ष सुर्यकुमार श्रेष्ठको डोजरको बकेटले हानेर हत्या गरिएको हो ।

प्रारम्भिक अनुसन्धान अनुसार भक्तिपुरमा रहेको पुरानो पोखरी खनेर मर्मत गर्ने काममा प्रयोग गरिएको डोजरमा चालक हर्कबहादुर तामाङले विवाद हुँदा बकेटले हिर्काएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार बकेटले हानेर लडाएपछि पुरेको जस्तो समेत देखिएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुग्दा वडाध्यक्ष श्रेष्ठ अचेत अवस्थामा लडिरहेका थिए । त्यसपछि जिल्ला अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीले डोजर चालक हर्कबहादुर तामाङ र ठेकेदार प्रेमराज दाहाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्