Logo

युद्धका बेला सैनिकहरू कसैले देख्न नसक्नेगरी लुक्न सक्ने प्रविधिको विकास



Spread the love

१८ असार, एजेन्सी । इजरायलले युद्धका लागि उपयोगि हुनसक्ने चामत्कारिक सैनिक कवच बनाएको छ । इजरायलको रक्षा मन्त्रालयले देशकै कम्पनी पोलारिस सोल्युसन्ससँग मिलेर मानिस लुक्न सक्ने अद्भूत प्रविधि बनाएको हो ।

यो प्रविधिले सैनिकलाई भर्चुअल रूपमा लुक्न मद्दत गर्नेछ । यो आवरणको प्रयोग गरेपछि सैनिकहरू चट्टान जस्तै देखिन्छन् । यो आवरणको प्रयोग गरेपछि सैनिकलाई पहिचान गर्न नै असहज हुने बताइएको छ ।

इजरायलले यो प्रविधिको नाम किट-३०० राखेको छ । थर्मल भिजुअल पदार्थहरुको प्रयोग गरेर यो प्रविधि बनाइएको इजरायली रक्षा मन्त्रालयको दाबी छ । यसमा धातु, माइक्रोफइबर र पोलिमरको समेत प्रयोग भएको छ ।

५०० ग्राम ताैल भएको यो किट बेरेर पनि राख्न सकिने बताइएको छ । इजरायली सेनाले यसको परीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्