Logo

ओलीको गुनासो, ‘भेट्ने प्रस्ताव गर्दा माधव नेपालले मानेन्’



Spread the love

१८ असार, काठमाडाैँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्नका लागि अनुरोध गर्दा नेता नेपालले भेट्न नमानेको गुनासो गरेका छन् । शुक्रबारको केन्द्रीय कमिटिमा बोल्दै ओलीले भेटौँन भनेर टेलिफोन गर्दा नमानेको बताए ।

ओलीले नेता नेपाललाई फोन गरेरै भेट्नका लागि प्रस्ताव गरेको बताए । नेता नेपाललाई भेटेर पार्टी एकताको बिषयमा कुरा गरौँ भनेर टेलिफोनमै प्रस्ताव गर्दा नेता नेपालले अस्वीकार गरेको ओलीले बताए ।

‘हामी एकताका लागि तयार छौँ । तर विपक्षीसँग एकता गर्न खोजे,’ ओलीले बैठमा भने, ‘विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन खोजेर पार्टी कमजोर बनाउन खोजे एकता सम्भव छैन।’

प्रतिक्रिया दिनुहोस्