Logo

गुडिरहेको टिपर टहरोमा खस्दा सुतिरहेका श्रीमान र श्रीमतीको मृत्यु



Spread the love

१९ असार, काठमाडाैँ । सडकबाट टिपर टहरोमा खस्दा एक दम्पतीको मृत्यु भएको छ । काठमाडाैँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा एक टिपर सडकबाट टहरोमा खस्दा सुतिरहेका दम्पतीको मृत्यु भएको हो ।

शनिबार बिहान बा ५ ख २५११ नम्बरको टिपर सडकमुनिको टहरोमा खसेको थियो । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ५३ वर्षीय साइँला तामाङ र उनकी श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्