Logo

गोहोरोको छाला काटेर टिकटक बनाउँदा…



Spread the love

२० असार, धादिङ । वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिला पक्राउ परेकी छिन् । धादिङमा गोहोरोको छाला काटेर बनाएको टिकटक अपोलड गरेपछि जिल्ला वन कार्यालयबाट खटिएको टोलीले एक महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमजुङकी ४० वर्षीया महिला कल्पना शाखी रहेकी छिन् । उनी धादिङको गल्छी गाउँपालिका ६ बैरेनीबाट पक्राउ परेकी हुन् ।

अहिले आरोपित शाखीलाई जिल्ला वन कार्यालयको टोलीले प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको बताइएको छ ।

गोहोरो दुर्भल तथा प्रतिबन्धित बन्यजन्तु हो ।

प्रतिक्रिया दिनुहोस्