Logo

विदेशी जेलमा रहेका नेपालीलाई छुटाउन फुटबल प्रतियोगिता हुँदै



Spread the love

maitripurna-football

साउदी जेलमा बन्दी जीवन बिताइरहेका रामचन्द्र तिमल्सिनालाई छुटाउन सहयोग जुटाउने उद्देश्यले भदौ ३ गते शुक्रवार एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे ३ बजेदेखि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय कलाकार र वाइसिएलबीच मैत्रीपूर्ण खेलकुदको उद्देश्य तिमल्सिनालाई मुक्त गर्न सहयोग जुटाउने रहेको वाइसिएलका कोषाध्यक्ष सुबोधराज श्रीपालीले सल्लेरी खबरलाई बताए । खेल हेर्न टिकट भने राखिने छैन, दर्शकबाट उठ्ने स्वैच्छिक सहयोग संकलन गरिने श्रीपालीले जानकारी दिए ।

खेलबाट संकलन हुने रकम प्रधानमन्त्री मार्फत साउदी जेलमा रहेका तिमल्सिना ब्लड मनीका लागी जम्मा गरिने छ ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रिय कलाकारको तर्फबाट बद्री पंगेनी, पशुपति शर्मा, शंकर बिसीलगायतका सहभागिता रहने छ भने वाइसिएलको तर्फबाट अध्यक्ष आरसी शर्मा लगायतका पदाधिकारी रहने छन् ।

तिमल्सिनाको लागि देश भरी नै आर्थिक सहयोग उठ्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्