Logo

प्रधानमन्त्रीमा नियुक्त भए कांग्रेस सभापति देउवा



Spread the love

२९ असार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो ।

नवनियुक्त प्रधानमन्त्री देउवाले आज नै पद तथा गोपनियताको सपथ लिइने बताइएको छ ।

अहिले नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउन वार्ता गरिरहेका छन् ।

यो सहित कांग्रेस सभापति देउवा पाँचाैँ पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्