Logo

काठमाडाैँ उपत्यकामा फेरी थपियो निषेधाज्ञा



Spread the love

३१ असार, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा पुनः निषेधाज्ञा थपिएको छ ।

बिहीबार बसेको काठमाडाैँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले थप १० दिन निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार निषेधाज्ञाको मोडालिटिमा भने कुनै परिवर्नत भएको छैन । यसभन्दा अघिको जस्तै खुकुलो निषेधाज्ञाले निरन्तरता पाउने भएको छ ।

उनले उपत्यका बाहिरबाट आउने गाडीहरू सिडिओसँग समन्वय गरेर आउन पाउने पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्