Logo

भक्तपुर केन्द्र भएर शुक्रबार बिहानै गयो भूकम्प



Spread the love

८ साउन, भक्तपुर । काठमाडाैँ उपत्यकामा शुक्रबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार ७ बजेर ६ मिनेट जाँदा भक्तपुरको सल्लाघारी केन्द्र भएर भूकम्प गएको हो ।

उक्त भूकम्प ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यसभन्दा अघि असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्