Logo

सुनको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?



Spread the love

८ साउन, काठमाडाैँ । केही दिनदेखि निरन्तर घटिरहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । बुधबार र बिहीबार गरी १४ सयले घटेको सुनको मूल्य शुक्रबार भने ३०० रूपैयाँले बढेको हो ।

शुक्रबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९२ हजार १ रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, तेजावी सुनको बजार भाउ भने ९१ हजार ६ रूपैयाँ रहेको छ ।

शुक्रबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि हुँदै प्रतितोलाको मूल्य १२ सय ८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्