Logo

के सलमान खानले श्रीमति र १७ वर्षकी छोरीलाई लुकाएर राखेका छन् ?



Spread the love

८ साउन, काठमाडाैँ । बलिउड अभिनेता सलमान खानले मुम्बइमा श्रीमति र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएर राखेको आरोपको खण्डन गरेका छन् । शुक्रबार उनले यो विषयमा प्रश्न उठ्न थालेपछि प्रष्ट्याएका हुन् ।

सलमानले भर्खरैमात्र आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् ।

अरबाजले ‘पिन्च टु’ टुमा फ्यानले लेखेको कमेन्ट पढ्छन् । उक्त कमेन्टमा ‘कहाँ लुकेको छस्, डरपोक । भारतमा सबैलाई थाहा छ कि तँ दुबईमा आफ्नी श्रीमती नूर र १७ वर्षकी छोरीसँग बस्छन् । भारतका मानिसहरुलाई कहिलेसम्म मुर्ख बनाउँछस् ।’ भनेर लेखिएको थियो ।

उक्त कमेन्टबारे प्रष्ट्याउँदै सलमानले भने, ‘यो सबै बकवास हो । उनले कसका बारे टिप्पणी गरेका हुन् र कहाँ पोस्ट गरे भन्ने मलाई थाहा छैन । म उनलाई भन्न चाहन्छु, ‘भाई मेरी पत्नी छैनन् ।’ म ९ वर्षको उमेरदेखि भारतमा ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएको छु । मैले यी व्यक्तिलाई जवाफ दिन गइरहेको छैन । म कहाँ बस्छु भनेर पुरै भारतलाई थाहा छ ।’

प्रतिक्रिया दिनुहोस्