Logo

हिजो श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, स्पष्टीकरणलाई आममाफी दिइन्छ : माधव नेपाल



Spread the love

८ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आममाफी दिने घोषणा गरेकोप्रति टिप्पणी गरेका छन् ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्पष्टीकरण सोधेकोमा गल्ती भएको र फिर्ता लिएँ भनेको भए ठीक हुने भन्दै टिप्पणी गरेका हुन् ।

उनले कार्यक्रममा भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो । माधव नेपाललगायत बाँकी सदस्यहरूमाथि गरिएको स्पष्टीकरणलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । महाराजधिराजको वाहा ! वाहा ! हामी खुसी हुनुपर्ने भो । यही हो प्रवृत्ति ? यसरी कम्युनिस्ट पद्धति भनिन्छ ? स्पष्टीकरण सोध्नु गल्ती भयो । मैले त्यो हतार गरेँ । मैले फिर्ता गरेँ भनेको भए उहाँको हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?’

प्रतिक्रिया दिनुहोस्