Logo

माओवादीका सबै सांसदलाई मन्त्री चाहिएको छ, म तनावमा छु : प्रचण्ड



Spread the love

९ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न दबाब दिने मान्छेहरूको हुलले आफुलाई घेरेको बताएका छन् । नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै उनले माओवादीबाट सबै ४९ जना सांसद नै मन्त्री बन्ने होडबाजीमा लागेपछि आफूलाई थेगीनसक्नु तनाव भएको बताएका हुन् ।

उनले भने, मोआवादीका ४९ जनालाई नै मन्त्री बनाउन मन लागे पनि भागमा ७ जना भन्दा धेरै नपर्ने सुनाए । ‘मन्त्री बन्न दबाब दिने मान्छेहरूको हुल भित्रबाट आएको छ,’ उनले भने,‘आतङ्क छ दिमागमा, कसलाई बनाउने कसलाई नबनाउने ।’

मन्त्री पाए ठिक छ भन्ने र नपाए सरापेर हिड्नेहरु पार्टीमा रहेको उनले बताए । यो अहिलेको संस्कार नै भएको प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्