Logo

सस्तियो सुन, कति छ आजको बजार भाउ ?



Spread the love

१० साउन, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य घटेको छ । साताको पहिलो दिन सुनको मूल्य १०० रूपैयाँले घटेको हो ।

आज १०० ले सस्तिएको सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा १० रूपैयाँले गिरावट भइ १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्