Logo

माओवादी कारबाही गरेका ४ नेता सांसद पद माग गर्दै सर्वोच्चमा



Spread the love

१३ साउन, काठमाडाैँ । पूर्व माओवादीका ४ नेता सर्वोच्च अदालत पुगेका छन् । आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै पुनर्बहालीको माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका हुन् ।

उनीहरूले प्रतिनिधि सभा सदस्य (सांसद)को रुपमा कामकाज गर्न पाउनुपर्ने माग समेत राखेका छन् ।

पूर्व माओवादीका नेताहरू टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिट लिएर सर्वोच्च अदालत पुगेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहाल जानकारी दिएका छन् ।

उनीहरूले आफू नेकपा एमालेमा आधिकारिकरुपले प्रवेश नगरेको, माओवादी केन्द्र नामक पार्टी नै अवैधानिक रहेको, त्यस्तो पार्टीले गर्ने कारवाही मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका छन् ।

उनीहरूले बुधबार दर्ता गरिएको रिटको पेसी बिहीबारलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्