Logo

अन्ततः मेसीले छोड्ने भए बार्सिलोना, १८ वर्षको यात्रामा पूर्ण विराम



Spread the love

२२ साउन, एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले फुटबल क्लब बार्सिलोना छोड्ने भएका छन् । क्बलले एक विज्ञप्ती जारी गर्दै मेसीले यसै सिजन क्लब छाड्ने जानकारी दिएको हो ।

पछिल्ला केही दिनयता मेसी र बार्सिलोनाबीच सम्झाैता गर्ने प्रयास भएका थिए । तर, ला लिगाको नियम अनुसार मेसीसँगको सम्झाैताको सम्भावना अन्त्य भएको बार्सिलोनाले जनाएको छ ।

मेसी गत सिजन नै बार्सिलोना छोड्ने निर्णयमा पुगिसकेका थिए । तर, क्लबसँगको सम्झाैता बाँकी रहेको भन्दै उनलाई क्लबमा राखिएको थियो ।

मेसीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । मेसी २००३ मा बार्सिलोना आएका थिए । उनले क्लबबाट ४ पटक युरोपियन च्याम्पिन्स लिग, १० पटक लालिगा, ८ पटक स्पेनिस सुपर कप, ६ पटक कोपा डेल रे, ३ पटक फिफा क्लब वर्ल्ड कप र ३ पटक युरोपियन सुपर कप गरी ३१ उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्